मैले सुनेको छु, कोहलपुरको बजारमा एउटा निकै सान्दर्भिक हल्ला पनि चलेको छ | मान्छेलाई हेरेर होइन, उसको काम हेरेर चिन्नुपर्छ भनें।
यो कुरा उहाँलाई नै सुनाउनुपर्ने भएकोले यो लेखिरहेको छु। मलाई काममा बोलाउनु भयो काम दिनु भयो काम गरे, मैले ल्याएका ती व्यापारीलाई 'गरिब' र 'भाडा तिर्न नसक्ने' भन्दै मेरो र ती व्यापारीको अपमान गर्ने व्यक्तिले मलाई 'तँ त सुन त थिस्, सुगन्ध मात्र भइँदैन' भनेर भन्नुभएको थियो यो कुरालाई आत्मसात गरेको छु सुगन्ध ढिलो चाँडो भर्ने कोसिस जारी नै छ। तर तपाईं त खिया लागेर झर्न लागेको फलाम पो हुनुभयो त, अब लाज कसरी लुकाउनु हुन्छ हाँसेर की ढाँटेर,
तपाईँले रूप रङ हेरेर अपमान गरेको व्यापारीहरू मध्ये एकजनाले भव्य पसल खोलेको खबर कस्तो लाग्यो होला? कोहलपुरमै नौलो सेवा दिन खोलेको छन् त्यो पसल, कोहलपुरले गर्व गर्ने काम हो त्यो। विदेश न गएर गरेको लगानी हो त्यो,
यो त केवल सुरुवात मात्र हो; मैले लिएर आएका र उहाँले बेइज्जत गरेका अझै धेरै प्रतिभावान् व्यापारीहरू छन्, उहाँले ती व्यापारीको कुरालाई हावामा त उडाईदिनुभयो, तर त्यसको गतिलो जवाफ समयले आफै दिइरहेको छ।
उहाँले आफ्नो आँखामा लागेको अज्ञानताको पट्टि मात्र खोल्न सक्नुभएन तर अपमान गर्नुभन्दा अगाडि यो कुरा बिर्सिनु भएछ कि जसले ग्राहक ल्याउन सक्छ, उसले ग्राहक अन्यत्र लैजान पनि सक्छ ।

यो कस्तो लाजमर्दो विडम्बना हो! बोल्दा चिप्ला कुरा गर्ने, आफ्नो स्वार्थका लागि अनेक बहाना बनाउने, अनि काम सकिएपछि श्रम र श्रमिकको खुलेआम अपमान गर्नेहरू आफ्नो बोली र वचनकै मान राख्न नसक्ने हुनछन्। यस्ता व्यक्तिहरूको नैतिकता यति तल्लो स्तरमा पुगेको हुन्छ कि उनीहरूले सम्बन्धको मूल्य बुझ्दैनन् र फलस्वरूप उनका सबै सम्बन्धहरू एकपछि अर्को गर्दै टुट्दै जान्छन्। इज्जत भनेको पैसाले किन्न मिल्ने कुरा होइन; एकपटक गुमेपछि कहिल्यै फर्किँदैन। उहाँले केही महिनादेखि नै 'महाठग' को उपनाम पाउनुभएको छ।
यो त उहाँले आफ्नो बोली र व्यवहारबाटै कमाएको अत्यन्तै सुहाउँदो उपाधि हो।
April 1, 2026
December 28, 2025
December 13, 2025
May 7, 2025