Key initiatives and policies I'm committed to implementing for our community.
प्रत्येक महिनाको दोस्रो शनिबार हाम्रो वडाभरि निशुल्क मोबाइल र कम्प्युटर प्रशिक्षण कक्षा आयोजना गरिनेछ, जसले विद्यालय तहका विद्यार्थीदेखि जेष्ठ नागरिकसम्म सबैलाई आधारभूत डिजिटल सीप सिकाउन सहयोग गर्नेछ।
प्रत्येक त्रैमासिक स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि सहयोग र पोषण सम्बन्धी परामर्श प्रदान गरिनेछ, ताकि वडामा बसोबास गर्ने सबैले नियमित स्वास्थ्य निगरानी गर्न सकून्।
हरेक महिना पहिलो शनिबार ‘समुदाय सरसफाइ दिवस’ आयोजित गरी प्रमुख सरसफाइ बिन्दुहरूमा फोहोर व्यवस्थापन, नाली सफाइ र सामुदायिक पार्क सुन्दरीकरण गरिनेछ।
वडाभरि विभिन्न खेलकुद, सांस्कृतिक तथा उद्यमशीलता गतिविधि आयोजना गर्नका लागि “युवा सशक्तिकरण क्लब” गठन गरिनेछ, जसले युवाहरूलाई नेतृत्व विकास र आत्मनिर्भर बन्न प्रोत्साहित गर्नेछ।
प्रत्येक महिनाको अन्तिम शुक्रबार स्थानीय सुरक्षा चुनौती र समाधानबारे नागरिक सहभागी सुरक्षा मञ्च आयोजना गरिनेछ, जहाँ प्रहरी, वडा प्रतिनिधि र बासिन्दाबीच खुला छलफल हुनेछ।
वडामा कृषि संरक्षण र साझा बगैँचा स्थापना गराएर अनौपचारिक कृषि तालिम प्रदान गरिनेछ, जसले घरघरमै हरित तरकारी उत्पादन र पोषण सुरक्षामा योगदान पुर्याउनेछ।
हरेक दुई महिनामा “महिला सशक्तिकरण तालिम” सञ्चालन गरी वित्तीय साक्षरता, कानुनी जानकारी र स्वास्थ्य सचेतनाका विषयमा विशेष कार्यशाला गरिनेछ।
वडाभरि वृक्षारोपण कार्यक्रम र नदी तट सफाइ आयोजना गरिनेछ, जसले प्राकृतिक स्रोत संरक्षण र स्थायी वातावरणीय सुरक्षामा योगदान दिनेछ।
वडाबासीमा साइबर सुरक्षाको ज्ञान र आवश्यकता को बारेमा प्रत्येक तीन महिनाको पहिलो मङ्गलबार साइबर सुरक्षाबार भनेर साइबर सुरक्षा सम्बन्धी तालिमहरू दिइनेछ।
नगरपालिका क्षेत्रभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको प्रवर्द्धन गरिनेछ। स्मार्ट बोर्ड, इन्टरनेट सुविधा र प्रशिक्षित शिक्षकमार्फत छात्र–छात्रालाई आधुनिक शिक्षातर्फ उन्मुख गरिनेछ।
महिला, युवायुवती र बेरोजगारहरूलाई लक्षित गर्दै प्रत्येक वडामा आयमूलक सीप (सिलाइ–कटाइ, कम्प्युटर, कृषिको आधुनिकीकरण, डिजिटल मार्केटिङ इत्यादि) सम्बन्धी तालिम केन्द्र स्थापना गरिनेछ।
नगरपालिकामा मोबाइल हेल्थ क्लिनिक सञ्चालन गरिनेछ, जसले दुर्गम बस्तीहरूमा नियमित स्वास्थ्य सेवा पुर्याउनेछ। साथै, सबै स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरको मासिक सेवा अनिवार्य गरिनेछ।
साप्ताहिक रूपमा "स्वच्छ नगर अभियान" सञ्चालन गरिनेछ। प्रत्येक टोलमा फोहोर व्यवस्थापनका लागि डस्टबिन र कम्पोस्ट सिस्टम प्रदान गरिनेछ। साथै, “एक घर, एक रुख” अभियानमार्फत वृक्षारोपणलाई प्रोत्साहन गरिनेछ
नगरपालिका सेवाहरू (घर प्रमाणपत्र, नागरिकता सिफारिस, कर तिर्ने आदि) लाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रुपान्तरण गरिनेछ, जसले पारदर्शिता, समयको बचत र जनताको सहज पहुँच सुनिश्चित गर्नेछ।
नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूको संरक्षण, प्रचार र पहुँच विकास गरिनेछ। टुर गाइड तालिम, होमस्टे सुविधा, र डिजिटल प्रोमोशन गरिनेछ।
स्थानीय युवाहरूलाई स्टार्टअप शुरू गर्न ऋण, तालिम र प्राविधिक सहयोग प्रदान गरिनेछ। “Youth Innovation Challenge” जस्ता कार्यक्रममार्फत उनीहरूको विचारलाई व्यावसायिक स्वरूप दिने प्रयास गरिनेछ।
नगरपालिका क्षेत्रमा बाल विवाह, घरेलु हिंसा, र लैङ्गिक भेदभाव विरुद्ध सचेतना अभियानहरू, कानुनी सहायता सेवा र महिला सहायता केन्द्रहरू सक्रिय रूपमा सञ्चालन गरिनेछन्।
युवाहरूको क्षमता विकास, नेतृत्व तालिम, नीति संवाद, र उद्यमशिलताको प्रवर्द्धन गर्ने साझा मंच सञ्चालन गरिनेछ।
प्रदेशभरि तालिमप्राप्त युवाहरूलाई रोजगारीमा जोड्न अन्तरजिल्ला रोजगार मेला र नि:शुल्क सीपमुलक तालिमका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
एक जिल्ला, एक उत्पादन” अवधारणाअन्तर्गत स्थानीय उत्पादनको ब्राण्डिङ, अर्ग्यानिक खेती, र गाउँ–गाउँमा पर्यटन प्रवर्द्धन गरिनेछ।
सुदूरवर्ती क्षेत्रका लागि मोबाइल मेडिकल टिम, हेलिप्याड निर्माण, र क्षेत्रीय अस्पतालहरूमा विशेषज्ञ सेवा अनिवार्य गरिनेछ।
क्षेत्रीय स्तरमा स्मार्ट टिकटिङ प्रणाली, महिला र जेष्ठ नागरिक मैत्री यातायात नीति, र ट्राफिक व्यवस्थापन प्रवर्द्धन गरिनेछ।
देशभरि एकीकृत अनलाइन शिक्षा प्रणाली, क्षेत्रीय र स्थानीय पुस्तकालय तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरी गुणस्तरीय शिक्षामा पहुँच बढाइनेछ।
दलित, जनजाति, महिला, अपांगता भएका व्यक्तिहरूलाई लक्षित गर्दै विशेष कार्यक्रम, कानुनी सहायता, र प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
वन क्षेत्र, ताल–तलैया, नदी र फोहोर व्यवस्थापनका लागि क्षेत्रीय वातावरणीय सुरक्षा अभियान सञ्चालन गरिनेछ।
प्रत्येक पालिका र गाउँसम्म इन्टरनेट पहुँच, दैनिक प्रयोग हुने डिजिटल प्रविधिको तालिम केन्द्र, इन्टरनेट सम्बन्धी सेवाको विस्तार तथा साइबर सुरक्षा सचेतना प्रवर्द्धन गरिनेछ।
सडक, पुल, विद्युत, खानेपानी र संचार क्षेत्रमा क्षेत्रीय सहकार्य मार्फत दिगो पूर्वाधार विकासमा जोड दिइनेछ।
Together, we can build a better future for our community. Reach out to learn more about our platform.
Contact Us